काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित भई मृत्यु भएकाको शव व्यवस्थापन गर्न परिवारलाई अधिकार दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै २५ जनाभन्दा बढी मलामी नहुने गरी मृतकको परिवारले धर्म परम्परा र संस्कृति अनुसार अन्तेष्टि गर्न पाइने व्यवस्था गरेको हो ।

मन्त्रालय अन्तरगत गठन गरिएको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डा। समिर कुमार अधिकारीका अनुसार शव व्यवस्थापन गर्न नपाएको भन्ने गुनासोपछि यस्तो व्यवस्था गरिएको बताए । 

OM Sai Pathibhara Hospital

हाल नयाँ भेरिएन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ को २१ (छ) अनुसार इच्छुक मृतकका परिवारलाई शवको अन्तेष्टि गर्ने व्यवस्था मिलाइएको अधिकारीले बताए। हाल शवको व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।

शव व्यवस्थापनमा मलामीहरुले जनस्वास्थ्यका मापदण्ड पुर्ण रुपमा पालना गर्नु पर्ने अनिवार्य गरेको छ । मन्त्रालयले शव व्यवस्थापनको यो आदेशलाई देशैभरका कोभिड– १९ अस्पताल सङ्कट व्यवस्थापन सङ्कलन केन्द्र छाउनीलाई समेत आदेश दिइसकेको जनाएको छ ।