बिर्तामोड / निषेधाज्ञामा समेत डिम्याट खाता खोल्नेको वैंकमा भिड बढेपछि संक्रमण बैंकिङ क्षेत्रमा समेत फैलिएको छ ।

हालसम्म वाणिज्य बैंकमा करिब २४ सय कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । विकास बैंक र फाइनान्स कम्पनी गर्दा यो संख्या ३ हजारभन्दा बढी हुने बैंकर्स एसोसिएसनले जनाएको छ । 

OM Sai Pathibhara Hospital

जिल्ला प्रशासन कार्यालयहरुले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक क्षेत्रमा राखेर शाखा खोल्न दिएको छ । काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा २० प्रतिशत कर्मचारी बोलाएर खोल्न भनेको छ ।

‘जोखिम बढेपछि बैकर्स संघको बिहीबार भर्चुअल माध्यमबाट बैठक बोलाइएको छ । जुन वैठकले वैक खोल्ने या नखोल्ने भनेर निर्णय गर्ने छ । 

बैंकर्स संघले गर्ने निर्णय अनुसार विकास बैंक र फाइनान्स कम्पनीले समेत अत्यावश्यक सेवा कसरी चलाउने भनेर निर्णय गर्ने छन् ।

बैंकर्स संघमा वाणिज्य बैंकमा कार्यरत २४ सय कर्मचारी संक्रमित भएको तथा बैंकमा काम गर्नेको परिवारका सदस्यहरु ८ जना संक्रमण भएको विवरण छ ।