सप्तरी / मिर्गौला बेचविखन गरेका आरोपमा सप्तरी प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुबारीका २४ वर्षीय रमेश विश्वकर्मालाई आज पक्राउ गरेको छ । 

पीडितको उजुरीका आधारमा सोही ठाउँका ३५ वर्षीय काले भनिने विश्वकर्मालाई पक्राउ गरी मानव वबचबिखन विरुद्धको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए ।

OM Sai Pathibhara Hospital

काठमाडौंँमा बस्दै आएका टिपर सहचालक आफूलाई आरोपित विश्वकर्माले ललाईफकाई बुटवलसम्म पु¥याएको र राम्रो पारिश्रमिक पाइने लोभ देखाई अपरिचित व्यक्तिको जिम्मा लगाएर भारत पठाएको पीडितले बताए ।

मादक पदार्थ खुवाई भारत पु¥याएका अपरिचित आरोपितले केही दिन होटलमा राखेको र बेहोश बनाई अस्पताल पु¥याएर यही वैशाख २ गते मिर्गौला निकालेको पीडितको आरोप छ । 

उक्त अस्पतालमा १० दिन राखेपछि पाँच हजार दिएर गाडी चढाई घर पठाएको र गत शुक्रबार आफू घर आइपुगेको पीडितकी श्रीमती नीराले जानकारी दिइन् । 

अर्का आरोपितको पहिचान खुलिसकेको छैन । प्रहरी निरीक्षक पासवानले मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंँसँग समन्वय गरी अपरिचित आरोपितको खोजी गरिएको जनाएको छ ।