बिर्तामोड / झापाको कन्काई नगरपालिका –३ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

आज बिहान पौने १२ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका –७ की ७१ बर्षीया कमला माया कामीलाई ठक्कर दिंदा कामीको घटनास्तलमा नै मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।