बिर्तामोड /  पछिल्लो २४ घण्टामा नेपालमा देशभर ९ हजार ३ सय ५ जनामा कोरोना  पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ३६२  जनाको पीसीआर विधि र ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०६ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआर विधिबाट ९ हजार २३८ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा देशभर १ सय ६८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोभिड संक्रमणबाट ४ हजार २ सय २५ जनाको मृत्यु भएको छ।

नयाँ संक्रमित थप भएसँगै  एक लाख एक हजार ६३४ जना सक्रिय संक्रमित रहेका छन्। ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।आज देशभर चार हजार ४ सय ४४ जना संक्रमण मुक्त भएका छन् ।