खोटाङ / खोटाङ जन्तेढुंगा गाउपालिका –५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको छ । 

उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमानै मृत्यु भएको हो । उक्त दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६  बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । 

OM Sai Pathibhara Hospital

घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाकीलाई घोपा धरान तर्फ पठाईएको हो । मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा  लु.१ स. ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट अन्दाजी ५०० मिटर तल खसेको हो । 

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली खटि गई घाइतेहरुलाई उद्धार गरि उपचारको लागी घोपा धरान तर्फ पठाईएको हो ।