काठमाडौँ / संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस गरेको छ । आइतबार बसेको परिषदको बैठकले रिक्त रहेका स्थानमा पदाधिकारी नियुक्तिका लागि सिफरिस गरेको हो ।

बैठकले लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई सिफरिस गरिएको छ । यस्तै सदस्यहरुमा माधव बेलबासे, विरवहादुर राई, दिनेश सिलवाल, र मन्जु कुमारीलाई सिफरिस गरिएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै, अख्तियार दुरुपयोग अनसन्धान आयोगको आयुक्तहरुमा डा. हरी पौडेल र सुमित्रा अमात्यलाई सिफरिस गरिएको छ भने निर्वाचन आयोगमा सगुन शमसेर जबरा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा विपिनराज निरौला, सुधा कुमारी झालाई सिफरिस गरेको छ ।

अन्य सिफारिस गरिएको नामहरु :

महिला आयोग

सदस्य : जया घिमिरे

सदस्य : सावित्रा कुमारी शर्मा

दलित आयोग

सदस्य : सुन्दर पुर्कुटी

राष्ट्रिय समावेशी आयोग

अध्यक्ष : डा. रामकृष्ण तिमिल्सिना

सदस्य : पुष्पराज तिमिल्सिना

सदस्य : मानप्रसाद खत्री

आदिवासी जनजाति आयोग

सदस्य : सूर्यवहादुर गुरुङ

मधेशी आयोग

सदस्य : आभा कुमारी

थारु आयोग

सदस्य : डा. उमाशंकर चौधरी

मुस्लिम आयोग

सदस्य : मोहम्मद समसुल हक