काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारमा पुगेका छन् ।
नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठक जारी रहँदा माओवादी केन्द्र संसदीय दलको बैठक पनि बस्दैछ । उक्त बैठकका लागि प्रचण्ड सिंहदरबार पुगेका हुन् ।
एक सांसदले माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा केहीबेरपछि बैठक सुरु हुने जानकारी दिए । सिंहदरबारमा ओवादीका शीर्ष नेताहरु पनि पुग्ने क्रम सुरु भएको छ।