मोरङ / मोरङ बुढिगंगा गाऊपालिका –६ कोयलपुर का जंग बहादुर तामाङको गाई गोठमा आगोलागी हुँदा गोठ सहित ७ वटा बाख्रा, १ वटा गाई जली मृत्यु भएको छ भने २ वटा बाख्रा र १ वटा गाई घाईते भएका छन् ।

गत राती २ बजे तामाङको गाईगोठमा आगोलागी हुन साथ प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । उक्त आगो गाईगोठमा लामखुट्टे भगाउन बालेको घुरबाट सल्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

OM Sai Pathibhara Hospital

सो आगोबाट अन्दाजी ३ लाख बराबरको क्षेती भएको र अन्य मानबीय क्षेती नभएको सो कार्यालयले जनाएको छ ।