पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै ११ दिन अघि मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे पदमुक्त भएका छन् । मन्त्री नियुक्त भएकै दिन उनले दुई हप्तामै यो सरकार ढल्ने बताएका थिए ।
गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सफल हुने देखेपछि राजीनामा दिएका हुन् । विपक्षीले दर्ता गरेको अविश्वासको प्रस्ताव माथि सोमबार मतदान हुँदैछ ।
मुख्यमन्त्रीले राजीनामा दिएसँगै सबै मन्त्रीहरु पदमुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले राजीनामा स्वीकृत गरेर तीन दिनभित्र नयाँ सरकार गठनका लागि समय दिएकी छिन् ।