धरान / धरान १५ पुर्वेली पथमा धारिलो हतियार प्रहार गरी धनमाल लुटपाटमा संलग्न समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी–३ स्थायी ठेगाना भई धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भनिने वीरवहादुर परियार, पथरी  ५ पिपलडाँडा स्थायी ठेगाना भई धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् ।

OM Sai Pathibhara Hospital

गत बैशाख ११ गते बिहान सँवा ९ बजे पुर्वेली पथ स्थित झरना बिश्वकर्माको घरमा परिवारका अन्य सदस्य घर वाहिर भएको मौकामा घरमा प्रवेश गरी झरना कि आमा गोबिन्द माँया विश्वकर्मालाई धारीलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएर पक्राउ परेकाहरुले नगद २ लाख र ९ लाख ४० हजार ९ सय ५० रुपैंया बराबरको गरगहना लुटेर लगेका थिए ।

घटनामा परी घाईते भएकी गोबिन्द मायाको उपचारका क्रममा विराटनगर स्थित न्यूरो अस्पतालमा गत बैशाख १९ गते मृत्यु भएको थियो ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय , जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लुटपाट भएका सरसामान सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी महेन्द्र कुमार श्रेष्ठले जानकारी गराएका छन् ।