ओखलढुंगा / मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाऊपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेका छन् । 

शनिबार बेलुका सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको हो । सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

सुनुवार समेत घाईते भएकाले स्थानिय क्लिनिकमा उपचार पश्चात ईलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।