रत्न बुढाथोकी

कचनकवल / झापाका सुरक्षा अंगको ध्यान कोरोना महामारीमा केन्द्रित भएको समयमा झापाको दक्षिणी क्षेत्रमा चाइनीज स्याउको तस्करी सुरु भएको छ । बिहीबार राती १० बजे कचनकवल १ र २ को सिमा स्थित १२२ नम्बर पीलर बाट ससस्त्र प्रहरीले भारत तर्फ लाँदै गरेको ९५ काटुन स्याउ बरामद गरेको छ ।

OM Sai Pathibhara Hospital

नेपालबाट भारततर्फ स्याउ तस्करी हुन थालेको  सुचनाको आधारमा सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट केचना र घेराबारीबाट खटिएको टोलीले स्याउ बरामद गरेको हो । 

बीओपी केचनाका प्रमुख भक्त बहादुर थापाले बरामद स्याउ करिव एक लाख रुपैयाँ बराबरको भएको र भद्रपुर भन्सार कार्यालय बुझाइएको बताएका छन् । उनले केहि दिन अघि भारतीय मोटरसाइकलमा नेपाल ल्याउदै गरेको ५२ हजार रुपैयाँ मूल्य बराबरको मोविल कचनकवल गाउँपालिका ४ स्थित खुट्टामुनीबाट बरामद भएको समेत जानकारी गराएका छन् । बरामद मोविल र बिआर ३७ क्यु ३०८२ नम्बरको  भारतीय मोटरसाइकल आवस्यक कार्वाहिका लागि भद्रपुर भन्सार कार्यालय वुझाईएको उनले वताएका छन् ।