ईलाम / ईलाममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका –५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारी रहेका छन् ।

उनको आज बिहान घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक सोही रुखबाट लड्दा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।