बिर्तामोड / नेपाली बजारमा दैनिक जसो घटिबढि हुने सुनचाँदीको मूल्य आज फेरी बढेको छ ।

सुन प्रतितोलामा ११ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

OM Sai Pathibhara Hospital

बिहीबार सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसै गरी चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेसँगै १३ सय ५० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।