बिर्तामोड(एएनआई) दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सरकारले अघि सारेको करवृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । 

प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते भएका छन् भने अरु ८७ जना बेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो एक हप्ताको मात्रै भएको इन्स्टीच्युट फर डेभलपमेन्ट एण्ड पिस स्टडीजले जनाएको छ ।  

OM Sai Pathibhara Hospital

मृत्यु भएका मध्ये सबैभन्दा धेरै २४ जना देशको पश्चिमी काली सहरमा मृत्यु भएको सो संस्थाले जानकारी दिएको छ । कोलम्बियामा ग्यासको मूल्यबृद्धि भएको र कर सम्बन्धी विधेयकमा गलत संशोधन गरिएको भन्दै विरोध प्रदर्शनहरु भइरहेका छन् । 

राष्ट्रपति इभान डुक्युले संशोधनका बारेमा पुनर्विचार गर्न सकिने आइतबार बताए पनि आन्दोलन भने जारी नै रहेको छ । आन्दोलन देशव्यापी हुँदै गएको छ ।