बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी गठबन्धनमा उभिएको एमालेको खनाल–नेपाल समूहका नेताहरुले सामाजिक संजालमा प्रहार गर्दै आफुहरु सँगै डुवाएर छाड्ने चेतावनी दिन थालेका छन् ।

प्रतिनिधी सभा सदस्य समेत रहेकी  एमाले नेतृ रामकुमारी झाँक्रीले २७ गतेको संसदको प्रस्तावको सामना गर्न सामाजिक संजाल मार्फत ओलीलाई चुनौती दिएकी हुन् । उनले फेसवुकमा स्टाटस लेख्दै आफूहरुलाई पेल्न खोजे स्वयं पतन हुने कुरामा हेक्का राख्न ओलीलाई चेतावनी समेत दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा झाँक्रीले लेखेको स्टाटस यस्तो छ –  हामी त डुब्छौं नै । हामी सत्यानाश हुनु नै छ,तिमीलाई पनि लिएरै डुब्छौं । यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने किनारा खोज । विचार गर,दम्भ, अहङ्कार र जिद्दी छोड । हिन्दीमा एउटा कहावत छ९ हम तो डुबेंगे ही सनम्, आपको भी ले डुबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों