इनरुवा / सुनसरीको सदरमुकाम इनरुवा बजारमा चार दिन अगाडि एक व्यापारीद्धार बालिकाको बलात्कार भएको थिए । सोही घटनाका आरोपीलाई जोगाउन  जनप्रतिनिधि, दलका नेता, व्यापारी र बिचौलियाले उजुरी दर्ता नगर्न प्रहरीलाई र पीडितलाई दवाव दिईरहेको खुलासा भएको छ । 

चार दिन अगाडि भएको एक विवाहमा गएकी बालिकालाई इनरुवा –१ स्थित जिल्ला प्रहरी कार्यालयको नजिकै ति जन्ती गएका व्यापारीले डर देखाइ बलात्कार गरेका थिए । बलात्कार पछि बालिकालाई एक हजार रुपैयाँ दिएर घटनाको बारेमा कसैलाई नभन्न डर देखाइएको थियो । 

OM Sai Pathibhara Hospital

पीडित बालिकाले आफु बजारमा घरेलु उद्योग सञ्चालन गर्दै आएका व्यापारीबाट बलात्कारको शिकार भएको आमालाई सुनाएपछि घटना सार्वजनिक भएको थियो ।

बालिकाकी आमाले इनरुवा अस्पतालबाट छोरीको स्वास्थ्य परिक्षण गराई जिल्ला प्रहरी कार्यालय इनरुवामा उजुरी दिन गएपछि प्रहरीले उजुरी लिन नमानेपछि सो घटनामा लुकाउन खोजिएको खुलेको हो ।

महिला संजाल इनरुवाकी अध्यक्ष सरस्वती लुईंटेल केसीका अनुसार प्रहरीले अपराधमा संलग्न रहेका व्यापारीका पक्षमा आफूलाई देखाएपछि जघन्य अपराधलाई लुकाउने प्रयास गरिएको सार्वजनिक भएको हो । 

महिला संजालकी अध्यक्ष केसीले जिल्ला प्रहरी कार्यालयमा दुई दिनदेखि इनरुवाका दुईजना जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्याकर्ता, व्यापारी र केही बिचौलियाले घटनालाई लुकाउदै उजुरी दर्ता नगर्न र गाँउ समाजमा मिलापत्र गर्न दवाव दिदै प्रहरीलाई घटनाका दोषीलाई भगाउन सहयोग पु¥याएको बताएकी छिन् ।

पीडित बालिकालाई महिला पुर्नस्थापना केन्द्र ओरेक, महिला संजाल र अन्य महिला अधिकारवादी संस्थाहरुले संरक्षणका साथै उपचारका लागि सेफ हाउसमा राखेका छन् ।

महिला अधिकारकर्मी तोया गिरी पोद्दारले बलात्कारमा संलग्न रहेका व्यापारीलाई बिचौलियाहरुको समुहले प्रहरीको सहयोगमा भगाएको आरोप लगाउँदै पीडितको उजुरी आउने बित्तिकै दोषीलाई पक्राउ नगर्दा प्रहरीको समेत भुमिका शंकास्पद देखिएको बताईन ।