काठमाडौँ / सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेशसभाका चारजना सदस्य (सांसद)को रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । 

प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुगेका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो । 

OM Sai Pathibhara Hospital

सर्वोच्च अदालतका सहरजिष्ट्रार बाबुराम दाहालका अनुसार कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण बन्दीप्रत्यक्षीकरण र कोरोना सङ्क्रमणसँग सम्बन्धित बाहेक अन्य विषयका निवेदन दर्ता नहुने निर्णय भएको हुनाले दर्ता गर्न अस्वीकार गरिएको हो । 

जसपा प्रदेश संसदीय दलको सिफारिसनुसार प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको हुँदा उक्त निर्णय निर्णय बदर गरी आफूहरूलाई  यथावतरूपमा कामकारबाही गर्नका लागि परमादेशको ओदशको माग रिट निवेदनमा थियो ।