इनरुवा / सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव रहेका छन् ।  

सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी   चराउन   खेततर्फ   गएका   बेला   चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिए।