बुटवल  / रुपन्देहीमा एक जना कोरोना संक्रमित आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान आत्महत्या गरेका हुन् ।

शुक्रबार कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनले शनिबार बिहान सौचालयमा आत्महत्या गरेको बताइएको छ । बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए । उनले भने, ‘स्वास्थ्य अवस्था सामान्य थियो, कुनै समस्या र गुनासो पनि थिएन । एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा साइकोको समस्या रहेको थाहा भयो ।’

OM Sai Pathibhara Hospital

तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो । हाल अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।