दमक / झापाका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएको छ । 

दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस सङ्क्रमित बिरामीलाई उपचारका लागि दमक सहित प्रदेश नं. १ भरिका अस्पतालसम्म लैजानका लागि निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने घेषणा गरेका हुन् ।  

OM Sai Pathibhara Hospital

नेकपा एमाले निकट युवा सङ्घ झापाका अध्यक्षसमेत रहेका व्यवसायी भण्डारीले विपद्का समयमा मानवीय सहयोग पु¥याउनका लागि आफूले निःशुल्क सवारीसाधन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको बताए । उनले उक्त सेवा लिनका लागि ९८५२६७७९७२ नम्वरमा सम्पर्क गर्न पनि सम्बन्धित सबैमा आग्रह समेत गरेका छन् ।