बिर्तामोड / झापा गाउँपालिका ४ चौधरीबस्तीका एक ५७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । एक महिनासम्म भारतको कश्मिर बसेर उनी बैशाख १२ गते घर आएका थिए ।

भारतबाट आएपछी उनको स्वासप्रस्वासमा समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए । उनका अनुसार उनलाई बिर्तामोडको बिएण्डसी लगिँदा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तर, उपचारमा दुई लाख खर्च लाग्ने भएपछि उनलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । 

OM Sai Pathibhara Hospital

उनलाई धरानले समेत रेफर गरेर बिराटनगरको नोवेलमा पठायो । तर, नोबेलमा उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको बिश्वकर्माले जानकारी दिए । यो सँगै झापा गाउँपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ। दुई दिनअघि मात्र सोही वडाका अलकासबस्तीका एक मुसलमानको मृत्यु भएको थियो