चितवन / पुल निर्माणका क्रममा भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो ।

भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँचिदा दुई बेपत्ता भएका थिए । बेपत्तामध्ये अर्को एक जनाको बुधबार शव भेटिएको थियो । निर्माणाधीन अवस्थामा रहेको पुलमुनि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

OM Sai Pathibhara Hospital

कार्यालयका अनुसार शवलाई गोताखोरका टोलीले निकाली भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।