काठमाडौं / देशका पहाडी भु–भागमा मेघ गर्जन सहित आंशिक बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

महाशाखाले बुधबार जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

यसैगरी, अपरान्हपछि देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना छ ।