बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) नेपाल बङ्गलादेश बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षभन्दा यसवर्ष ६३ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. १ अर्ब ५० लाख १० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ६३ करोड ८४ लाख ९ हजार यो नाफा गरेको हो ।

OM Sai Pathibhara Hospital

यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ९८ करोड ३२ लाख २९ हजार रहेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ८० लाख १५ हजार थियो । 

कम्पनीको सञ्चालन मुनाफा भने गत वर्षभन्दा ५६ दशमलव ४१ प्रतिशत बढी रू. २ अर्ब २८ करोड ८५ लाख ३५ हजार रहेको छ । ६ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९ अर्ब ४८ लाख २१ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा २८ दशमलव १२ प्रतिशत बढी रू. ५ अर्ब ८९ करोड ४७ लाख ८२ हजार कायम भएको छ ।

गत वर्षभन्दा १० दशमलव ३२ प्रतिशत बढी रू. ७३ अर्ब २९ करोड १० लाख ५६ हजार निक्षेप संकलन गरेको कम्पनीले १२ दशमलव १२ प्रतिशत बढी रू.६६ अर्ब २७ करोड १८ लाख ८ हजार कर्जा प्रवाह गरेको छ ।

गत वर्ष यस अवधिसम २ दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ९१ प्रतिशतमा सिमित भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ७६ रहेको छ ।