बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ११ करोड २६ लाख ५३ हजार खुद नाफा गरेको छ । 

यो नाफा गत वर्षको यस अवधिसम्म रू। ५ करोड ८७ लाख ६७ हजार थियो । कम्पनीले मंगलवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यसवर्ष खुद नाफा ९१ दशमलव ६९ प्रतिशत बढी भएको हो । 

OM Sai Pathibhara Hospital

यसवर्ष कम्पनीले रू. ७ करोड ८७ लाख २० हजार खराब कर्जा उठाएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ५१ लाख खराब कर्जा उठाएको थियो । 

खराब कर्जा संकलन बढेसँगै यसवर्ष कम्पनीको खुद ब्याज आम्दानी ३७ दशमलव ५४ प्रतिशत बढी भएको छ ।

सञ्चालन नाफा गत वर्षभन्दा ४२ दशमलव ३४ प्रतिशत बढी रू. ८ करोड ८३ लाख ५२ हजार रहेको छ । यस वर्ष कम्पनीले १२ दशमलव ३९ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ४१ करोड १२ लाख ७९ हजार पुर्‍याएको छ । 

जगेडा कोष रकम भने गत वर्षभन्दा  ६० दशमलव ३७ प्रतिशत बढी अर्थात् रू. १६ करोड ५२ लाख ८८ हजार कायम भएको छ । यसवर्ष कम्पनीले ७० दशमलव ९१ प्रतिशत बढी अर्थात् रू. २ अर्ब ३१ करोड ८७ लाख ८३ हजार कर्जा सापटी लिएको छ ।

४४ दशमलव १६ प्रतिशत बढी रू. २ अर्ब ४१ करोड ८१ लाख ९७ हजार निक्षेप संकलन गरेको कम्पनीले ५५ दशमलव ५३ प्रतिशत बढी अर्थात् रू. ५ अर्ब २१ करोड ७१ लाख ६ हजार कर्जा प्रवाह गरेको छ । 

निष्क्रिय कर्जा भने गत वर्ष १ दशमलव ७३ प्रतिशत रहेकोमा यसवर्ष २ दशमलव ७५ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३६ दशमलव ५२ र प्रतिशेयर नेटवर्थ रू.१४० दशमलव १९ रहेको छ ।