बिर्तामोड / झापामा लागुऔषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका –८ का १९ बर्षीय राहुल राजवंशी रहेका छन् ।  

उनलाई शुक्रबार लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर– ६ पिंकि ठ्याकबाट ब्राउन सुगर २ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका राजवंशीलाई हिरासतमा राखि उनी माथि थप अनुसन्धान भइरहेको सो कार्यालयले बताएको छ ।