बिर्तामोड / एमसीसी र संसदको वैठकका विषयमा विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटा विच विवाद चलिरहेको समयमा आज सर्वोच्च अदालतमा सापकोटा विरुद्ध दायर द्वन्द्वकालिन तीन वटा मुद्दाको पेशी चढेको छ ।

सभामुख सापकोटा र प्रधानमन्त्री ओली विचको विवाद उत्कर्षमा पुगेका वेला सर्वोच्चमा सापकोटा विरुद्ध दायर मुद्धा पेशीमा चढेपछि राजनितिक क्षेत्र तरङगीत बनेको छ । सभामुखको विरुद्धका तिन मुद्धाको सर्वोच्चले एकै पटक पेशी तोकिदिए पछि मुलुकको राजनिति माथि नै अनेकौं शंका समेत उव्जिएका छन् । 

OM Sai Pathibhara Hospital

पहिलो संविधान सभाको निर्वाचनको समयमा सापकोटा सञ्चार मन्त्री रहेका वेला १० वर्षअघि काभ्रेमा भएको अर्जुन लामाको हत्यासम्बन्धी मुद्दा को आज पेशी तोकीएको छ । त्यसै गरी राष्ट्रपतिका पूर्व सल्लाहकार सुशील प्याकुरेल र कनकमणि दिक्षितसहितले सापकोटा विरुद्ध दायर गरेको रिटको पनि आज नै पेशी तोकिएको छ ।

सभामुख र प्रधानमन्त्री विचको झगडा उत्कर्षमा पुगेका बेला संसद अधिवेषन अन्य भए लगत्तै सापकोटा विरुद्ध दायर मुद्धाको एकै पटक पेशी सर्वोच्चले तोकिदिए पछि राजनितिक वृत्त तरङगीत भएको हो । यसअघि सभामुखमा सापकोटा चयन भएको समयमा पनि लामाको विषयमा दायर मुद्धाको पेशी तोकिएको थियो । 

केहि समय अघि नेकपा विभाजन भएको समयमा पनि ७ वर्ष अघि ऋषि कट्टेलले दायर गरेको मुद्धा पनि पेशीमा लगेर फैसला गरेकाले यो मुद्धालाई लिएर पनि अनेकौं अड्कल काट्न थालिएको छ । प्रधानमन्त्री ओलीले सभामुखलाई तर्साउनका लागि एकैपटक पेशी मिलाईएको आशंका केहिले गरेका छन् भने केहिले सापकोटालाई जेल पठाएर भएपनि आफ्नो कुर्सी जोगाउने अनि एमएमसीसी पास गराएर नै छाड्ने वाटोमा ओली लागेको हुन सक्ने अनुमान गरेका छन् । 

हालैमात्र नेकपाको नामसम्बन्धी विवादमा अढाइ वर्षअघि परेको ऋषि कट्टेलको मुद्दालाई यसैगरी क्रुसियल पिरियडमा छिनोफानो गरिएको थियो । माओवादी र एमालेको विवाद जोडिएर बाहिर आएको बेला सर्वोच्च अदालतले अकस्मात फैसला सुनाएपछि मुलुकको राजनीति कतातर्फ डोरिएको छ भन्ने सबैले अनुमान गरिरहेका छन् । अझ त्यसमा पनि अदालतले कट्टेलले नमागेको माग दाबी पूरा गरिदिएको थियो । अहिले सभामुख र प्रधानमन्त्रीबीच विवाद चर्केको बेला सर्वोच्च अदालतमा चढेको एकमुष्ठ पेशीले सबैलाई झस्काइदिएको छ ।