बिर्तामोड ( नागरीक दैनिकबाट) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक हठाहत अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृति प्रर्दशन गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले जनसरोकारका कयौं विषयमा छलफल गर्न छाडेर बैठक अप्रत्यासित रूपमा अन्त्य गरेको आरोप लगाएको हो।

‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर बैठकले गरेको छ,’ कांग्रेसले भनेको छ, ‘बैठक सरकारको स्वेच्छाचारी प्रवृत्तिको घोर भत्र्सना गर्दछ।’

OM Sai Pathibhara Hospital

कांग्रेसले कोरोनाबाट जनताको सुरक्षा विशेष कार्ययोजना तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ। सरकार जनताको जनस्वास्थ्यप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रूपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र दु्रत अभियान संचालन गर्न बैठकले सरकार समक्ष जोडदार माग गर्दछ।’  

कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीतिहरू अनिवार्य रूपले पालना गर्न आम जनतालाई समेत कांग्रेसले अपिल गरेको छ। कांग्रेस बैठकले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने अन्तिम समयसीमा तोकेको छ। केन्द्रीय समितिको बैठकले पछिल्लो पटक कार्यतालिका संशोधन गर्दै सदस्यता फारम भर्ने अन्तिम मिति वैशाख १५ गतेसम्मका लागि तोकेको हो।  

आधा दर्जन बढी जिल्लामा सदस्यता वितरण र नविकरणको काम अघि बढ्न नसकेका बेला कांग्रेसले सदस्यता नवीकरण र वितरणका लागि कटअफडेट वैशाख १५ गतेलाई तोकेको केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले जानकारी दिए। ‘क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा प्रविष्ट गर्ने मिति वैशाख १५ गतेसम्मका लागि तोकिएको छ,’ उनले भने, ‘त्यसपछि सदस्यता फारम इन्ट्री गर्न सकिँदैन।’

वैशाख १७ गतेभित्र सबै जिल्लाहरूले सदस्यता वितरण गरेको सबै कागजात केन्द्रलाई बुझाइ सक्नुपर्नेछ। ‘क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपी, सदस्यता शुल्क र लेवी रकमलगायतका कागजातसहित जिल्लाको प्रतिवेदन २०७८ वैशाख १७ गते ५ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ,’ कांग्रेसले भनेको छ।  

त्यस्तै, विभिन्न राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेकाहरूको संगठन समायोजनअन्र्तगत सदस्यता फारम लैजाने अन्तिम मिति भने वैशाख १५ गतेका लागि तोकिएको छ। उनीहरूले भने वैशाख मसान्ताभित्र सदस्यता छानबिन समितिलाई फारम बुझाउन सक्ने घिमिरेले जानकारी दिए। ‘अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका सदस्यहरूको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा ‘अन्य राजनीतिक दल समायोजन समिति’ को निर्णयअनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका ९अन्य पार्टीबाट आएका व्यक्ति, समायोजन वा वडामा न्यूनतम संख्या नपुगेका० क्रियाशील सदस्यताका फारम वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फारम सबै प्रक्रिया पुरा गरी जिल्ला कार्यसमितिले बैशाख मसान्तभित्र केन्द्रमा पुर्‍याइसक्नु पर्ने र त्यसको कम्प्युटर प्रविष्ट क्रियाशील सदस्यता छानविन समितिले नै केन्द्रमा गर्नेगरी व्यवस्था गर्ने छ,’ बैठकको निर्णयमा भनिएको छ।  

कांग्रेसले सिन्धुपाल्चोक र सप्तरी जिल्लामा हालसम्म क्रियाशील सदस्यताको प्रकृया शुरु नभएको बारा र सोलुखुम्बुमा केही समय अघि मात्रै प्रकृया शुरु भएकाले ती जिल्लाहरूलाई भने वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा प्रविष्ट गरी सक्नेगरी समय उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै, १३औं महाधिवेशनअघि टुंगो लाग्न बाँकी रहेका क्रियाशील सदस्यताका विषयमा निर्णय लिने अधिकार केन्द्रीय समितिले सदस्यता छानबिन समितिलाई दिएको छ।