ईटहरी / सुनसरीको बर्जु गाउँपालीका –१ मा भएको डकैतीमा संलग्न महिला नेतृत्वको डाका समुहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । डकैतीमा संलग्न समुहकी नाईके पक्राउ परेपछि यो विषयको पुष्टी भएको प्रहरीले बताएको छ ।  

प्रहरीले गत फाल्गुण ६ गते बर्जु गाउँपालीका १ का शुभाष चौधरीको घरमा भएको डकैतीमा संलग्न रहेको आरोपमा बर्जु १ की ३६ वर्षीया सृजना चौधरी, ईटहरी १३ का ३२ वर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० वर्षीय अजिम मिया र सुनसरी दुहबी–११ का ३० वर्षीय सर्वन उराव लाई पक्राउ गरेको छ । 

OM Sai Pathibhara Hospital

पक्राउ परेकी सृजनाले रिसईवीका कारण चौधरीको घरमा लुटपाटको योजना वनाएको प्रारम्भिक वयानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

सृजना नेतृत्वको डाका समुहले मध्यराती चौधरीको घर कब्जा गरी परीवारका सदस्यलाई कुटपिट गरी करिव ५० हजार रुपैंयाको धनमाल लुटेर लगेको थियो । प्रहरीले पक्राउ परेकाको साथबाट १ राउण्ड गोली लगायतका सामनहरु समेत बरामद भएको जनाएको छ ।