बिर्तामोड (राजधानी दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा मुलुकको आर्थिक सामाजिक विकासका साथसाथै भौतिक विकास निर्माणका कार्यमा समेत सरकारले उल्लेख्य सफलता हासिल गरेको जनाएका छन् ।

उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा ऐतिहासिक सफलता हासिल गरेर सो वर्षलाई निरर्थक हुन नदिएको दाबी गरेका छन् ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनर्निर्मित कार्यालयबाट देशका नाममा सम्बोधन गर्दै काठमाडौंवासीको दसकौंदेखिको सपना पूरा गरिएको र नयाँनयाँ विकासका काम पूरा गरिएको र त्यो क्रम जारी रहेको स्पष्ट पारे । उनले वर्षांैदेखि काठमाडौंवासीको सपनाका रूपमा रहेको मेलम्ची खानेपानीलाई सकार पारिएको बताए ।

प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिका लागि आमनागरिकमा आशा जगाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारले विकासको ढोका खोलेर नागरिकमा आशा जगाएको बताए ।

प्रधानमन्त्री ओलीले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारे । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको तर आफूहरूले कहिल्यै कसैलाई धम्की नदिएको तर आमनागरिकसँग कोभिडबाट बच्न आवश्यक अपिल गरिएको बताए ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको समेत जनाए । उनले हालसम्म १८ लाख बढीलाई कोभिडको भ्याक्सिन लगाइएको जानकारी दिए ।

उनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतालाई बारम्बार संसद्मा निर्णयार्थ प्रस्तुत गर्न माग गरे पनि रोकिएको भन्दै असन्तुष्टि पोखे ।

सरकारले टेबल गरेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत नगरेर संविधान नमानिरहेको अवस्था सरकारले झेलिरहेको भन्दै उनले एमसीसी मुलुकको हितमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले एमसीसी नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको उल्लेख गर्दै त्यो संसद्मा टेबल गरे पनि निर्णयार्थ प्रस्तुत नभएको भन्दै संविधान नमान्ने जिद्दी गर्ने प्रवृत्ति आफूहरूले झेलिरहेको जनाए ।

ओलीले अध्यादेश प्रतिनिधिसभाको पहिलो बैठकमा टेबुल गर्न नदिएको भन्दै गुनासो गरे । एसिड आक्रमणविरुद्धको अध्यादेश, बलात्कार र हत्या गर्नेविरुद्धका अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको उनको भनाइ छ । ‘एसिड आक्रमणविरुद्ध अध्यादेश जरुरी ग¥र्यांै । एसिड आक्रमणविरुद्धको कडा कानुन ल्यायौं, बलात्कार र बलात्कारपछिका हत्याका विरुद्ध कडा कानुन ल्यायौं, अचम्म मुद्दा लडेर ल्याएको संसद् चल्न दिइएन । संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्नैपर्ने अध्यादेश नदिएर अप्रिय र अशोभनीय स्थितिको निर्माण भएको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको बताए । अहिलेको व्यवस्था र यो व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने भन्दै उनले अहिले कसैले संविधान नखोसेको र जनताको अधिकार पनि नखोसिएको स्पष्ट पारे ।

उनले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नभएको बताए ।

उपलब्धिको वर्ष:

प्रधानमन्त्री ओलीले कोभिडका बाबजुद पनि २०७७ साल उपलब्धिको वर्ष रहेको बताउँदै बहुप्रतीक्षित मेलम्चीको पानी दशकौंपछिको सपना साकार पार्दै काठमाडौंमा झार्न र काठमाडौंका जनताका धाराधारामा पानी पु¥याएर खुसीयाली बाँड्न सरकार सफल भएको बताए । यस्तै, प्रधानमन्त्रीले पुनर्निर्माणमा अनेकांै काम भएको स्पष्ट पारे ।

ओलीले समग्र आर्थिक वृद्धिदरमा केही प्रतिकूल असर परे पनि ऋणात्मक दिशामा नगएको जनाए । व्यापारघाटा ग्याप कम गर्न सफल भइएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले राजनीतिक हिसाबले पृथकतावाद र पृथकतावादी सोच देशबाट अन्त्य गरेर राष्ट्रिय एकतातर्फको एउटा महत्वपूर्ण सफलता हासिल गरेको स्पष्ट पार्दै संविधानको सर्वस्वीकार्यका सन्दर्भमा समेत सफलता हासिल गरिएको बताए । अब देशमा हिंसाको राजनीति अन्त भएको उनले प्रस्ट पारे ।

प्रधानमन्त्री ओलीले ७० वर्षअघि ठूलो परिवर्तन भएको र मुलुक नयाँ युगमा प्रवेश गरेको बताए ।

‘यस्ता थुप्रै निर्माण कार्य सम्पन्न भएका छन् । हामीले थुप्रै जनतामा आशा जगाउने कामहरू गरेका छौं । कतिपय कोणबाट केही पनि भएन । केही पनि भएको छैन भन्ने हल्ला चलाउने, जनतालाई निराश बनाउने, जनतामा असन्तुष्टि भड्काउने प्रयास भइरहे पनि सरकार त्यसबाट किञ्चित विचल्लित भएन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले जनतामा आशा जगाउने काम र सरकारका क्रियाकलापप्रति भरोसा जगाउने काम र भविष्यप्रति आशा र विश्वास जगाउने काम लगातार गरिएको स्पष्ट पारे ।

भौतिक निर्माणमा उल्लेख्य सफलता:

प्रधानमन्त्री ओलीले भौतिक निर्माणमा उल्लेख्य सफलता हासिल गरिएको र प्रतिदिन साढे पाँच किलोमिटर बाटो बन्ने क्रम जारी रहेको बताए । प्रधानमन्त्रीले एक दिनमा कम्तीमा १२ वटाका दरले आवास तयार भएको जानकारी दिँदै ३० लाख ६० हजारले विभिन्न ८ प्रकारका सामाजिक सुरक्षा भत्ता पाइरहेको बताए । जनतामा आशा जगाउनुपर्ने आवश्यकता आंैल्याउँदै प्रधानमन्त्रीले आशा जगाउन सकेमा विकास निर्माणका कार्यले पनि गति लिन सक्ने स्पष्ट पारे ।

पुनर्निर्माणमा असाधारण काम:

प्रधानमन्त्री ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको क्षेत्रमा असाधारण काम गरेको बताए । उनले रानीपोखरी उद्घाटन भइसकेको र अब धरहरा पनि छिट्टै उद्घाटन गरी चालू अवस्थामा ल्याइने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रको पुनरुत्थान गर्न विभिन्न महत्वपूर्ण कार्यक्रम ल्याइएको बताए । गत वर्ष राजनीतिक हिसाबले होस् वा आर्थिक हिसाबले होस् सफल वर्षका रूपमा रहेको उनले जनाए ।

सामाजिक क्षेत्रमा उल्लेख्य काम:

प्रधानमन्त्री ओलीले गत वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य काम भएको र एसिड आक्रमणका विरुद्ध कडा कानुन ल्याइएको बताए । यस्तै, बलात्कारविरुद्ध कारबाही गर्न कडा कानुन ल्याइएको तर त्यसलाई विपक्षीले अनावश्यक विरोध गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।