तेह्रथुम / म्याङलुङ नगरपालिका –३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलि मृत्यु भएको छ । 

आज बिहान साढे ९ बजे उनि घरदेखी नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो । बासझ्याङमा आगो सल्किएको थाहा पाई आगो निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरिरको पुर्णरुपमा कपडा जलिसकी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।