काठमाण्डौ / सर्वसाधारणको करोडौ रुपैंया अपचलन गरी आर्थिक साम्राज्य चलाउँदै आएका नेकपा एमालेका पूर्वसभासद् इच्छाराज तामाङले सञ्चालन गरेको सिभिल होम्स प्रालि टाट पल्टिएको छ । 

एमालेको ओली समुह निकट रहेका तामाङलाई वर्तमान सरकारले जोगाउन गरेको कोशिसका बावजुत सिभिल होम्स टाँट पल्टिने अवस्थामा पुगेको हो । तामाङले नै संचालन गरेको सिभिल सहकारीमा सर्वसाधारणले बचत गरेको अर्वौ रुपैंया अपचलन गरी उनले संचालन गरेको सिभिल होम्स टाँट पल्टिने अवस्थामा पुगेको हो । सहकारीमा सर्वसाधारणले बचत गरेको अवौ रुपैंया नियमविपरीत आफैंले चलाएपछि टाँट पल्टिने अवस्था बनेको हो । 

OM Sai Pathibhara Hospital

सर्वसाधारणको अवौं रुपैंया जोखिममा परेको सार्वजनिक भएपनि सरकारले त्यो विषयमा कुनै चासो देखाएको छैन । तामाङ सर्वसाधारणको रकम फिर्ता गर्न नसकेपछि अहिले लुकेर हिड्न थालेका छन् । उनकी श्रीमतिको नाममा केहि ठुला वैंकमा करोडौ रुपैंया बचत रहेको सार्वजनिक हुँदा समेत सरकारले त्यो रकम रोक्का गरी सर्वसाधारणको रकम फिर्ताका लागि अहिले सम्म पनि कुनै कोशिस गरेको छैन ।

तामाङले संचालन गरको सिभिल होम्स र सिभिल सहकारीको आर्थिक अवस्था धारासायी बनेको समयमा नै तामाङ दम्पती केहि युरोपेली मुलुक भागेर जान लागेको समेत सार्वजनिक भईसकेको छ । तर पनि ओली सरकार यो विषयमा थाहा नपाए झै बसेको छ । ओली निकट मानिएका तामाङ सरकारी आड भरोसामा नै यति ठुलो आर्थिक अपचलनको विषयमा जोगिन सफल भएका छन् । 

यस्तो छ उनको आर्थिक अपचलनको फेरिहस्त

– आ.व. २०७३÷०७४ मा सिभिल सहकारीद्वारा ६ अर्ब ८२ करोड ५७ लाख रकमबराबरको कुल कर्जा प्रवाह भएको छ । जसमध्ये सिभिल होम्स प्रालिलाई मात्र ५ अर्ब ७६ करोड ७८ लाखको कर्जा प्रवाह भएको छ  । सहकारीको नियम विपरीत यति ठुलो कर्जा भएको हो । 

– आ.व. २०७३÷०७४ मा सिभिल सहकारीद्वारा लगानी गरिएको २ करोड ६९ लाख रकममध्ये २ करोड सिभिल होम्स प्रालिमा लगानी भएको छ । 

– आ.व. २०७४।०७५ मा सिभिल सहकारीद्वारा ८ अर्ब १३ करोड ६७ लाख ४६ हजार ५ सय ७८ रुपैयाँँ ४४ पैसाबराबरको कुल कर्जा प्रवाह गरिएकोमध्ये आपसी सम्बन्ध रहेको सिभिल होम्स प्रालिलाई मात्र ७ अर्ब १ करोड ३७ लाख ११ हजार २ सय ११ रुपैयाँ ३७ पैसाको कर्जा प्रवाह भएको छ। 

– सिभिल होम्सका अतिरिक्त सहकारीबाट सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार ७ सय ४५ रुपैयाँ ९१ पैसा र सिभिल  स्टेट्स प्रालिलाई ६ करोड ६८ लाख ४६ हजार ४ सय ७ रुपैयाँ ८९ पैसाको प्रवाह भएको छ । 

– आ.व. २०७४।०७५ को वित्तीय विवरणबमोजिम सिभिल सहकारीद्वारा लगानी गरिएको २ करोड ७० लाख ४५ हजार रकममध्ये २ करोड सिभिल होम्स प्रालिमा लगानी गरिएको छ ।

– सिभिल होम्स प्रालिको आव २०७३।०७४ मा लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १० करोड र सञ्चित नोक्सानी २ अर्ब ४६ करोड ७६ लाख रहेको छ । कम्पनीको नकारात्मक नेटवर्थ भएको कारणले नगद तथा बैंक मौज्दातसहितको सम्पत्तिबाट समेत उक्त ऋण लगानी रकम असुली हुने सम्भावना न्यून छ ।

– नेटवर्थ नोक्सानीमा रहेको हुँदा कम्पनी ऐन २०६३ को दफा १७६ बमोजिम सिभिल होम्स प्रालिले अन्य कम्पनीलाई सापटी वा लगानी गर्न प्रतिबन्ध गरिएको भए पनि नियम उल्लंघन गरी व्यक्ति र अन्य कम्पनीहरुमा ५८ करोड ९१ लाखको सापटी र २६ करोड ४६ लाखको लगानी भएको छ ।

– आ.व. २०७३।०७४ मा आपसी सम्बन्ध भएका कम्पनीका अध्यक्ष इच्छाराज तामाङ्गलाई ३ करोड १२ लाख, सञ्चालक केशवलाल श्रेष्ठ ९० लाख, अमिररत्न शाक्य २ करोड ४५ लाख, सञ्चित कृष्ण श्रेष्ठ २३ लाख १४ हजार, सुवर्ण कृष्ण श्रेष्ठ २ करोड ४७ लाख र सिभिल फर्निचरलाई ३० लाख ८५ हजार पेश्की दिईएको छ ।