विराटनगर / प्रदेश एकका ठुला उद्योगि व्यवसायी नेपाल उद्योग वाणिज्य महासंघ छाडेर उद्योगी व्यवसायीको अर्को संस्था नेपाल उद्योग परिसंघका गोलवद्ध भएका छन् ।

परिसंघले बनाएको तदर्थ परिषद समितिमा पूर्वका ठुला उद्योगी व्यवसायी गोलवद्ध भएका हुन् । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समेत रहेका पुर्व मन्त्री मिति दुगड सहित मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका पुर्व पदाधिकारी परिसंघका गोलवद्ध भएका हुन् ।  उनीहरु परिसंघका गएपछि उद्योगी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई गम्भीर क्षति पुगेको छ।

OM Sai Pathibhara Hospital

परिषदले उद्योग संगठन मोरङका पुर्व अध्यक्ष भीम घिमिरे अध्यक्ष र मोरङ व्यापार संघका पुर्व अध्यक्ष प्रकाश मुन्दाडा उपाध्यक्ष रहेको प्रदेश तर्दथ समिति बनाएको छ ।  नव गठित तर्दथ समितको उपाध्यक्षमा नवलकिशोर काबरा , सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दीपक पौडेल र देवेन्द्र गुप्ता रहेका छन् ।

त्यसैगरी समितिको कोषाध्यक्षमा गिरीश लुनियाँ र सदस्यहरूमा विकास अधिकारी, डेनिस कार्की, वेदान्त जाजू, दिवस सुवेदी, अनुप सिग्देल, कर्ण रायमाझी, भावेश राठी, निखिल तोदी र गिरिजा शारडा रहेका छन्।

पूर्वका उद्योगी – व्यवसायी मधुर दुगड, रिसब दाहाल, साकेत राठी, अनुपमा बास्तोला, मुकेश कोठारी, महेश पौडेल, रजत तोदी र राजेन्द्र राठी लाई प्रदेश तर्दथ समितिको सदस्यमा मनोनयन गरीएको छ । मधु लोहियाको सभापतित्वमा महिला उद्यम समिति र गोपाल अग्रवालका सभापतित्वमा युवा उद्यमी उप–समितिको घोषणा समेत गरीएको छ ।

उद्योग सङ्गठनका पूर्व अध्यक्ष सुशील धनावत तथा व्यापार संघका पूर्व अध्यक्षद्वय पवनकुमार शारडा र महेश जाजू समेत परिसंघको सल्लाहकारमा मनोयन भएका छन् । तर्दथ समितीको अन्य सल्लाहकारमा वासुदेव गोल्यान, मीनप्रकाश मैनाली र उद्धव रिजाल रहेका छन्।

त्यसैगरी प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार एवं पूर्व राज्यमन्त्री मोती दुगडलाई परिसंघको प्रदेश समितीको संरक्षक तथा भवन निर्माण समितिको विशिष्ट सदस्य बनाईएको छ। भवन निर्माण समितिमा महेश सोनी, विकास दुगड र आरती स्ट्रिप्सका उपाध्यक्ष अश्विनी शर्मा समेत रहेका छन् ।