काठमाडौं / नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ले दलत्याग गरेको जानकारी सहितको पत्र संसद सचिवालयमा दर्ता गरेको छ ।

शुक्रबार गृहमन्त्रीसमेत रहेका बादललाई कारबाही गरिएको राष्ट्रियसभा माओवादी दलका नेता दिनानाथ शर्माले संसद सचिवालयलाई जानकारी गराएको हो । उनले भने, ‘केही दिनअघि प्रतिनिधिसभाका चार सांसदले दलत्याग गरेको सूचना दिएका थियौँ, आज बादलको दिएका हौँ ।’

OM Sai Pathibhara Hospital

सचिवालयलाई जानकारी गराइएको उक्त सूचना राष्ट्रियसभा अध्यक्षले सदनलाई जानकारी गराउनुपर्ने हुन्छ । तर, अहिले अधिवेशन चालू नभएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सूचना टाँस गरेर जानकारी दिन सक्ने व्यवस्था छ ।

यस्तै, माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी जनाए ।