काठमाडौं  / नेकपा माओवादी केन्द्रको कारबाहीबाट पदमुक्त भएका चार मन्त्रीको शुक्रबार नै पुनर्नियुक्ति तथा सपथ हुने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले चारै जनालाई पुनर्नियुक्ति गर्न लागेका हुन् । स्रोतका अनुसार उनीहरुको आजै ५ बजे शीतलनिवासमा शपथग्रहण हुँदैछ । माओवादी छोडेर एमालेका लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पुर्ननियुक्ती गर्न लागिएको हो । माओवादीको कारबाहीपछि चारै जनाको सांसद र मन्त्री पद गुमेको थियो ।

OM Sai Pathibhara Hospital

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिन लागिएको हो ।