विराटनगर / बिहीबार बेलुका बर्षा सगै परेको चट्याङबाट छुट्टा छुट्टै स्थानका ३ जना घाईते भएका छन् । 

संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएका थिए । हाल उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको जनाएको छ । त्यस्तै सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएकी उनको  जिल्ला अस्पताल इनरुवा उपचार भईरहेको छ भने ओखलढुंगा सिद्धिचरण ६ बस्ने १५ बर्षीया  रस्मिता मगर घर भित्र रहेको अवस्थामा चट्याङमा परी घाईते भई मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ ।