मोरङ / मोरङको कटहरी गाउँपालिका–१ मा संचालित  जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । 

जहदा गाउँपालिका–४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको उक्त फर्निचर उद्योगमा चैत्र २१ गते राती  चोरी भएको भन्ने जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले ४ जनालई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका–८ का २३ बर्षीय लक्ष्मी यादव, २२ बर्षीय अर्जुन मुखिया, २७ बर्षीय धर्मेन्द्र राय र २२ बर्षीय दिपेश कुमार राय रहेका छन् । 

OM Sai Pathibhara Hospital

चोरीमा संग्लग्न उनीहरु रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेशिन १ LED TV १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार सहित बिराटनगर–८ बाट पक्राउ परेका हुन् । उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।