बिर्तामोड / झापाको बिर्तामोड –५ सुगम पेट्रोल पम्प छेउमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतकको शव हेर्दा उनलाई हत्या गरी शव फ्याकिएको अनुमान गरीएको छ ।

केहि दिन अघि पनि बिर्तामोडकै गाउँले होटेलका संचालक तिलक निरौलाको पनि वेवारिसे अवस्थामा शव फेला परेको थियो ।  बुधवार पुर्व पश्चिम राजमार्ग नजिक भेटेएिको शव अर्जुनधारा नगरपालीका –६का गौतम परियारको भएको प्रहरीले जानकारी गराएको छ । मृतक परियारले माछा मासु बिक्री गर्ने गरेका थिए । 

OM Sai Pathibhara Hospital

परियारको शरीरमा चोटपटक समेत भएको आशंका गरिएको छ । राजमार्ग नजिकको क्षेत्रमा झाडीमा शव भेटिएकाले उनको हत्या गरी शव त्यहाँ फ्याकेको हुनसक्ने अनुमान गरिएको छ ।  केहि दिन पुरानो शव भएका कारण शवबाट गन्ध आइरहेको अवस्थामा प्रहरीले शव वरामद गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । 

स्थानियले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राकेश थापाले घटनाका बिषयमा अनुसन्धान थालिएको र वरामद शव पोस्टमार्टमका लागि  अस्पताल पठाइएको बताएका छन् ।