बिर्तामोड( आर्थिक अभियान दैनिकबाट) वि.सं २०७८ सालमा १५ ओटा कम्पनीको रू। ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५०० बराबरको ५ करोड ५५ लाख ४२ हजार ६८५ कित्ता आईपीओ आउने तयारीमा रहेको छ । यी १५ ओटै कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

१५ ओटा कम्पनीमध्ये ११ ओटा जलविद्युत् कम्पनी, दुई ओटा लघुवित्त कम्पनी र दुई ओटा अन्य समूहका कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।

OM Sai Pathibhara Hospital

१५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युतले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो । यी १५ ओटै कम्पनीको आईपीओ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछन् । 

पछिल्लो समयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । छोटो समयमा नै थारै लगानीबाट आर्कषक प्रतिफल प्राप्त हुनाले पनि आईपीओ प्रति लगानीकर्ताको आकर्षण बढेको हो । 

पछिल्लो समय नेपालको पूँजीबजारको इतिहासमै सबैभन्दा ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । यस कम्पनीले आईपीओ निष्कासन गरेपछि डिम्याट खाताको संख्या ह्वात्तै बढेको छ ।

यस कम्पनीको आईपीओ १५ लाख लगानीकर्ताले भरेका थिए भने अहिले आईपीओ भर्ने मात्र लगानीकर्ता १७ लाखभन्दा बढी रहेका छन् । आजसम्म डिम्याट खाताको संख्या ३३ लाख ५३ हजार ५९ पुगेको छ । यो वर्ष १२ ओटा कम्पनीले ३१ करोड ९९ लाख १७ हजार ९६५ कित्ता आईपीओ निष्कासन गरेका छन् ।