बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको रु रु जलविद्युत परियोजनाको आईपीओ तेस्रो दिन आइतवारसम्म ९ लाख ३५ हजार ४८७ जनाले भरेका छन् । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ ५ बजेसम्म यी आवेदकहरुे १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन् । तेस्रो दिनसम्म मागभन्दा ३५ दशमलव ९९ गुणा बढी आवेदन परेको हो ।

OM Sai Pathibhara Hospital

पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको यस कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । यसअघि कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं। ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरेको थियो । 

दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६  कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । 

स्थानियमा न्यूनतम अंकित मूल्य रू। १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्य सहित आईपीओ विक्री गरेको हो । कम्पनीले अंकित मूल्य रू। १०० मा रू। २० प्रिमियम थप गरी प्रतिकित्ता रू। १२० मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न गरेको हो । यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाइ छ ।

यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको संकेत गर्ने ग्रेट ३ रेटिङ प्रदान गरेको छ । 

आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।