बिर्तामोड / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट शुक्रबार दिउसो लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका ४ का २३ बर्षीय सुमन धिमाल र सुनसरी ईटहरी २ का २५ बर्षीय अमृत मग्राती रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ०५ झिम्की चौक स्थितबाट धिमाललाई फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल सहित पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

त्यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितबाट मग्रातीलाई एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित नियन्त्रणमा लिएको हो ।