जनकपुरधाम / धनुषामा छुट्टाटुट्टै ठाउँमा दुई पुरुषको शंकास्पद हत्या भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका –३ पर्सा पकडियास्थित आँपको बगैंचामा परिचय खुल्न नसकेका एक पुरुषको शव भेटिएको छ र त्सैगरी औरही गाउँपालिका –२ कपटौलस्थित खेतबारीको बगैचामा पनि एक पुरुष मृत फेला परेका छन् । 

OM Sai Pathibhara Hospital

 बगैचामा फेला परेको पुरुषको पहिचान खुल्न छैन । उनलार्ई कसैले हत्या गरेर बगैचामा फालेको हुनसक्ने स्थानीयको अनुमान छ । 

यस्तै कपटौलमा मृत फेला परेका ४० वर्षीय पुरुष औरही गाउँपालिका ३ का विजय मण्डल रहेको प्रहरीले जनाएको छ । उनलाई गम्छाले घाँटी थिचेर हत्या गरेको देखिएको स्थानीय बताउँछन् । चैते धान रोप्न गएका उनी खेतबाटै बेपत्ता भएका थिए ।

सो घटनाका विषयमा अनुसन्धान भइरहेको र उनले कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि जनकपुर पठाएको ईलाका प्रहरी कार्यालय औरहीका इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष झाले जानकारी दिए ।