बिर्तामोड / झापाको भद्रपुर नगरपालिका –४ डाँगीबारीबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका –६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका –१० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका छन् । उनिहरुको साथबाट ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।