काठमाडौँ / ब्रिटिश सरकारले बेलायती सेनाबाट अवकाश प्राप्त भएका भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बढाएको छ । 

हरेक वर्षको अप्रिल महिनामा गोरखा भूतपूर्व सैनिकहरुले पाउँदै आएको पेन्सन रकममा हेरफेर गरेपछि यसवर्ष पनि पेन्सन बढेको हो । बेलायती रक्षा मन्त्रालयका अनुसार यस वर्ष नेपालमा बढेको महंगीलाई समायोजन गर्न २.९३ प्रतिशत पेन्सन वृद्धि गरिएको छ ।

OM Sai Pathibhara Hospital

जसअनुसार सबैभन्दा कम पेन्सन थाप्नेहरुले अप्रिल १ देखि २३ हजार ६४७ रुपैयाँ ५१ पैसा भारतीय रकम बराबरको पेन्सन पाउने छन् । जसको नेपाली मुद्रामा सटही हुँदा ३७ हजार ८ सय ३६ रुपैयाँ हुन आउँछ ।

बेलायतले भारतीय सेनाको पेन्सनलाई आधार बनाएर भूतपूर्व गोर्खा सैनिकहरुलाई पेन्सन दिने भएकाले अहिले बढेको पेन्सन पनि भारतीय मुद्रामै रहेको छ ।


हेर्नुहोस बृद्धि भएको पेन्सनको सम्पूर्ण विवरणः


suchi