काठमाडौँ / उपत्यकासहित देशको पहाडी भू–भागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ ।  गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानमा हिजो बेलुका हल्का वर्षा भएको जनाएको छ । 

OM Sai Pathibhara Hospital

तुवाँलो पूर्णरुपमा हटी मौसम सफा हुन् भने अझै केही समय लाग्ने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तुवाँलो पूर्णरुपमा हटी मौसम सुधार हुन् हावाको गति बढ्नुपर्छ । बुधबार काठमाडौँ उपत्यकामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो । 

पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलिको साथै बाँकी भूभागमा बदली नरहे तापनि तुवाँलो रहेको छ । 

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थेरै स्थानमा मेघगर्जन, चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।