बिर्तामोड  (आर्थिक अभियान दैनिकबाट)  नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले बिहीवार सारथी नेपाल लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको छ । 

यी दुई ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

OM Sai Pathibhara Hospital

नेप्सेले सारथी नेपाल लघुवित्तको ८ दशमलव १३ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। १ हजार ५९६ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू। १ हजार ७२६ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी वैशाख ३ गते होटल अरनिको धुलिखेलमा साधारण सभा बोलाएको छ ।

त्यस्तै, नेप्सेले सूर्योदय लघुवित्त वित्तीय संस्थाको १५ दशमलव ३५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। १ हजार ९६० तोकेको छ । कम्पनीको बुधवार रू। २ हजार २६१ मा अन्तिम कारोबार भएको थियो । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी चैत ३१ गते साधारण सभा बोलाएको छ । सभा सहयात्री पार्टी प्यालेस स्याङ्जामा गर्ने हुने कम्पनीले जानकारी दिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू। २१ करोड ५० लाख ४२ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।