पाँचथर / पाँचथर याङबरक गाउपालिका –३ ओयाम यलम्बर चौक स्थितमा भएको जिप दुर्घटनाबाट एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । 

फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरि दुर्घटना हुँदा  फिदिम नगरपालिका–२ पल्लोटार वस्ने जिप चालक ३६ बर्षीय फुल कुमार राई घाईते भएको र उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

सोही गाडीमा सवार सोही स्थानका २२ बर्षीय आशिस राईको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ ।