काठमाण्डौं / अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर (२ बराबर १) जारी गर्नका लागि संचालक समितिमा प्रस्ताव लैजाने सूचना चुहाएर सेयर बजारमा चलखेल गरेको आंशका गरिएको छ।

कम्पनीको सोमबार बसेकोे संचालक समितिको ८७औं बैठकले ‘हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद जारी गर्ने’ प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको थियो। संचालक समितिले यस्तो निर्णय गरेको दिन नै कम्पनीको सेयर कारोबारमा पनि वृद्धि देखिएपछि इन्साइडर ट्रेडिङको आंशका गरिएको हो।

OM Sai Pathibhara Hospital

उता अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताले उजुरी दर्ता गरेका छन् । कम्पनीको उच्च व्यवस्थापनले ५० प्रतिशत हकप्रद घोषणा पुर्वनै आफन्त र नातेदारका नाममा ठुलो परिमाणमा सेयर खरिद गरेर मात्रै सूचना प्रकाशन गरेको देखिएको लगानीकर्ताको भनाई छ ।

धितोपत्र बजारमा यसरी भित्री सूचनाको आधारमा गरिएको कारोबारलाई इन्साइडर ट्रेडिङ भनिने र यो आर्थिक अपराध रहेको उजुरीमा उल्लेख छ ।

अनियमिततामा संलग्न कम्पनीका ४ जना सञ्चालक, सीइओ, अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिई आवश्यक छानबिन गरिदिन आग्रह गर्दै लगानीकर्ताले उजुरी दर्ता गरेका हुन् । काठमान्डौ स्थित महानगरीय अपराघ अनुसन्धान महाशाखामा उजुरी दिइएको हो ।

6767 - Copy